दफा ७
न्यायाधिकरणको अवहेलना
न्यायाधिकरणले आफ्नो अवहेलनामा कारवाई चलाउन सक्नेछ र अवहेलना गरेको ठहराएमा न्यायाधिकरणले दुई महीनासम्म कैद वा पाँचसय रूपैंयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ ।
तर न्यायाधिकरणलाई सन्तोष हुने गरी अभियुक्तले क्षमा याचना गरेमा न्यायाधिकरणले निजलाई क्षमा गर्न वा सजाय तोकिसकेको भए सो सजाय माफ गर्न वा घटाउन सक्नेछ ।